सेवाको भावना भए मात्रै विकास सम्भव हुन्छ : वरिष्ठ नेता पौडेल
तनहुँ | जेठ ११, २०७९
दमौली: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सेवाको भावना भए मात्रै विकास सम्भव रहेको बताउनुभएको छ । तनहुँको व्यास नगरपालिकाले नवनिर्वाचित जनप्रतिनिधिका लागि आज आयोजना गरेको बधाई एवं शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले जनप्रतिनिधि शासक नभई सेवक बन्नुपर्ने उल्लेख गर्नुभयो ।
जनताले सेवक बन्नका लागि निर्वाचनमार्फत मत दिएकाले जनताको सेवक बनेर काम गर्न वरिष्ठ नेता पौडेलले आग्रह गर्नुभयो । “जनप्रतिनिधिले हामीहरू जनताको शासक होइन, सेवक हौँ भन्ने भावना जागृत गर्नुपर्छ, त्यसो भएको खण्डमा मात्रै विकास गर्न सकिन्छ,” उहाँले भन्नुभयो ।
वरिष्ठ नेता पौडेलले व्यास नगरपालिकालाई सौन्दर्य भर्ने काममा अग्रसर हुन जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । जनप्रतिनिधिको काँधमा ठूलो जिम्मेवारी भएकाले उक्त जिम्मेवारी सफलतापूर्वक पूरा गर्नुपर्ने उहाँको जोड दिनुभयो । “समाज विकासका लागि आफैँ अग्रसर हुनुपर्छ, त्यसको जिम्मेवारी जनताले दिएका छन् ” पौडेलले भन्नुभयो, “समाजका लागि केही गर्नुपर्छ भन्ने सङ्कल्प बोक्नुपर्छ ।”
वरिष्ठ नेता पौडेलले समाजलाई उन्नतिको बाटोमा डोर्याउनेतर्फ अगाडि बढ्न आग्रह गर्दै भन्नुभयो, “आत्मज्ञान सबैभन्दा ठूलो कुरा हो, पहिला आफैँले आफैँलाई चिन्नुपर्छ, आफूभित्र के छ त्यसलाई चिन्नुपर्छ ।” राजनीतिक रुपमा मात्र नभई सामाजिक र आर्थिक रुपमा समेत परिवर्तन भइरहेको वरिष्ठ नेता पौडेलले बताउनुभयो ।
कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले आर्थिक समृद्धि र विकास एउटै मात्र लक्ष्य रहेकाले त्यसलाई पूरा गर्नेतर्फ लाग्न आग्रह गर्नुभयो । व्यास नगरपालिकाको फोहरमैला समस्याका रुपमा रहेकाले त्यसलाई समाधान गर्नेतर्फ जनप्रतिनिधि लाग्नुपर्ने बताउनुभयो ।
केन्द्रीय सदस्य गोविन्द भट्टराईले कांग्रेसको नेतृत्वमा देशमा विकास भएको र त्यसलाई निरन्तरता दिनुपर्ने उल्लेख गर्नुभयो । गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विक, प्रदेश सांसद सरिता गुरुङ, नेपाली कांग्रेसका जिल्ला उपसभापति देवकुमार श्रेष्ठ, नेकपा एमालेका उपसचिव प्रदीपराज अधिकारी, नेकपा एकीकृत समाजवादीका सचिव श्रीराम कार्की लगायतले व्यास नगरपालिकाको विकास र समृद्धिमा लाग्न आग्रह गर्नुभयो । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जनताको भावना बुझेर काम गर्ने बताउनुभयो ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

